घटनाटीकापुर

बिबाहको पार्टीमा मादक पदर्थ सेवन गरेर फर्कदा भएको थियो दुर्घटना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर ,शुक्रबार बिबाह पार्टीमा मादक पदार्थ सेवन गरि फर्कने क्रममा दुर्घटना हुदा दुई जना घाइते भएका हुन

कैलाली जिल्लाको जानकी गाउँपालिका ७ का कुलरी चौधरी शुक्रवार बिबाह पार्टीमा सहभागी भइ से६प ९१५१ नम्बरको मोटरसाइकलमा घर फर्कदै गर्दा टीकापुर नगरपालिका १ कालिका विद्यालय नजिक विपरीत दिसा बाट आइरहेको साइकल लाई ठक्कर दिदा टीकापुर १ शक्ति नगर बस्ने बर्ष ३४का चुनालाल चौधरी गम्भीर घाइते भएका हुन ।
मोटरसाइकलले साइकल लाई ठक्कर दिएर साइकल चालक छेउको सुख्खा नालामा पल्टेको खबर पाए पछि ईलाका प्रहरी कार्यलय टीकापुर बाट खटेको टोली स्थानीय हरुले घाइते मोटरसाइकल चालक सहित लाई रिक्सामा टीकापुर अस्पताल पठाएको थियो ।
साइकल चालक चुनालाल चौधरीको अवस्था गम्भीर देखिए पछि अस्पतालले नेपालगन्ज रिफर गरेको स्रोतले जानकारी दिएको छ।

बिज्ञापन

स्थानीयका अनुसार सडक कालोपत्रे भैसकेपछि मदिरा सेवन गरि सवारी साधन चालक हरुले ओभर स्पिड गाडी हाक्दा यस्ता दुर्घटना हरु निम्तिने गरेको बताएका छ्न। ट्राफिक सम्बन्धि रहेको नियमलाई प्रमुख सहर हरु भन्दा बाहिर पालना नगर्ने भएका कारण यस्ता घटना हरु हुने गरेको स्थानीयले मालीका समाचार लाई बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।