राजनीति

म बालकोट जान तयार छु:प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जरुरी परे आफू वालकोट जान तयार रहेको बताएका छन।

यतिबेला एम सी सी को बिषयलाई लिएर चौतर्फी आलोचना खेपी रहेका प्रचण्डले यस अघि नै नेकपा एमाले अध्यक्ष के पी ओली लाई एम सी सी बारे हार गुहार गरि टेलीफोन सम्पर्क गरिसकेका छ्न। आज संचार माध्यामिक संग कुरा गर्दै प्रचण्डले भने म राजनीतिको यस्तो पात्र हु जसले राजनीतिमा स्थाइ शत्रु र स्थाइ मित्र हुदैन भन्ने कुरा व्यावहारमा उतारेको मैले हो इतिहासमा गोलि हानाहान भैरहेको बेला पनि हतियार बिसाएर वार्तामा बसेर देशमा सान्ती स्थापना गर्न अहम भुमिका निर्वाह गरेको इतिहास रहेको बताए ।

बिज्ञापन

साथै आफू राष्ट्रिय मुद्दामा एमाले संगै सहकार्य गर्न तयार रहेको र एकताका सबै ढोका खुला राखेको पनि बताए । थप्दै भने “राष्ट्रिय मुद्दामा एमाले अध्यक्ष के पी शर्मा ओली संग रुल आउट गर्दैन राष्ट्रिय समस्याको सन्दर्भमा अझै बालकोट जान तयार रहेको तर एमाले अध्यक्ष के पी ओलीले सबै ढोका बन्द भएको संकेत दिदै कामरेड नै होइनन् भने जस्तो आफ्नो धारणा राखेको भए पनि आफ्नो धारणा त्यस्तो नरहेको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।