भारतले हटायो नेपाली गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ – भारतले नेपालबाट गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ ।
लोक कल्याणकारी विज्ञापन

भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेँडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् । बिहीबार भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेँडा आयातको प्रक्रिया थालिएको बताएकी थिइन् ।
लोक कल्याणकारी विज्ञापन

नेपाली गोलभेँडा आयातमा लगाइएको प्रतिबन्ध फुकुवाबारे अर्थमन्त्री सितारमणले संसदमा जानकारी गराएको कुरा द इकोनोमिक्स टाइम्सले लेखेको छ । उनले नेपालबाट आयात हुने गोलभेँडा वाराणासी, कानपुर र लखनउमा शुक्रबारदेखि भित्रिन सुरु हुने बताएकी थिइन् ।
बिज्ञापन

तर, नेपालको वाणिज्य मन्त्रालयले भने भारतले नेपालबाट गोलभेँडा लैजाने विषयमा कुनै औपचारिक जानकारी नआएको बताएको छ
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

