प्रवास

प्रवासी नेपाली संघ भारतको दोस्रो नगर सम्मेलन सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फागुन ११,प्रवास सम्बादाता प्रवासी नेपाली संघ भारत महारष्ट्र राज्य समितिको कल्याण-डोम्मिवली नगर समिति को दोस्रो नगर सम्मेलन तथा नगर समिति घोषणा कार्यक्रम सम्पन्न भएको छ।

नगर समितिका संयोजक मान बहादुर कार्की को अध्यक्षतामा ,प्रवासी नेपाली संघ भारतका केन्द्रिय उपाध्यक्ष डम्बर रावल को प्रमुख आतिथ्यतामा,भएको कार्यक्रममा विशिष्ट अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रिय सचिवालय सदस्य टेक रावल “भीजन” ,को उपस्थिति रहेको थियो । भने अतिथि हरुमा प्रवासी नेपाली संघ भारतका केन्द्रिय सदस्य बालकृष्ण ढकाल,गिमादेवी ढकाल,केन्द्रिय सदस्य तथा महाराष्ट्र राज्य समिति संयोजक चक्र रावल,केन्द्रिय सदस्य शुक्रराज तिवारी र महाराष्ट्र राज्य समिति सदस्य प्रेम सुन्दर शाही लगायतको उपस्थिति रहेको थियो ।

बिज्ञापन

घोषणा सभाको संचालन नगर समिति सदस्य इन्द्र बहादुर कार्कीले गरेका थिए। प्रमुख अतिथि डम्बर रावल ले व्यानर अनावरण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उपस्थित सबैलाई बम बहादुर थापाले मन्तव्यद्वारा स्वागत गरेका थिए। सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि डम्बर रावलले प्रवासी नेपालीहरुले प्रवासमा गरेको कडा मेहनत र परिश्रम को प्रसंशा गर्दै आफ्नो हक,हित र अधिकारको लागि निरन्तर संघर्षमा लागीरहन आग्रह समेत गरे।

साथै नेपालको पछिल्लो राजनीति अवस्थाको बारेमा चर्चा गर्दै एमसीसी नामक अमेरिकी परियोजनाले नेपाली जनता र देशको अहित गर्ने भएकाले उक्त परियोजना संसदमा टेवल भए पनि अत्यधिक मतले फेल गर्न सांसदहरुलाई अनुरोध गर्दै यदी संसद बाट अनुमोदन भए अमेरिकी साम्राज्यवाद्को रबैया ले नेपालको अस्मिता र स्वाधीनता नै धरासायी हुने कुरामा जोडदिए। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रिय सहभागी भएर नेकपा एमालेका उम्मेदवार लाई सुर्य चिन्हमा मतदान गरेर विजय गराउन अनुरोध समेत गरे।

उक्त घोषणा सभामा विशिष्ट अतिथि टेक रावल भीजनले १७ सदस्य कल्याण डोमिबोंली नवनिर्वाचित नगर समितिको नाम र पदको घोषणा गरे लगतै प्रमुख अतिथि डम्बर रावल ले पद तथा गोपनियताको सपथ गराएका थिए। कार्यक्रम लाई थप रोमाञ्चक बनाउन विचमा कलाकारहरुले सांस्कृतिक कार्यक्रम मार्फत आफ्नो प्रस्तुति प्रस्तुत गर्दै दर्शकहरुलाई निकै मनोरंजन गराएका थिए। सो सम्मेलन बाट मान बहादुर कार्की अध्यक्ष रहने गरि १७ सदस्यीय कल्याण डोम्मिवली नगर समिति घोषणा गरिएको छ।घोषणा सभा कल्याण स्थित स्वामीनारायण हलमा अत्यन्तै सभ्य र भब्य रुपमा सम्पन्न भयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।