प्रवास

नेपाल हिन्दुराष्ट्र पुनर्निर्माणमा सिवसेना नेपालले सहयोग गर्छ:अशोक नेपाली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बिष्णु प्रसद गौतम को रिपोर्ट मुम्बई बाट

मुम्बईमा सिवसेना नेपाल सम्पर्क प्रमुख श्री अशोक सिंह नेपालीले नेपाललाई हिन्दुराष्ट्र पुनणिर्माणमा सिवसेना नेपालले सहयोग गर्ने बताएका छ्न
आइतबार सिवसेना नेपालको टिम ले २५ औ स्थापना दिवसको अवसरमा भारतको मुम्बईमा शिवसेना प्रमुख उद्दव ठाकरे लाई उहाँको निवास मोतोश्री भेटघाटको क्रममा उक्त कुरा गरेका हुन।

बिज्ञापन

मातोश्रीको अथिती कक्षा भएको उक्त भेट संगै नयाँ किताब को बिमोचन पनि गरिएको थियो ।
सिवसेना नेपाल प्रमुख असोक नेपालीले साङठनिक उपलब्धि र संगठन बिस्तार सम्बन्धि जानकारी गराउदै हिन्दु हृदय सम्राट मानिने स्व.बालासाहेब ठाकरेको मार्गदर्शन लाई निरंतरता दिदै भारत भरि छरिएर सहेका नेपाली हरु लाई संगठन आबद्ध गराउदै नेपाललाई हिन्दु राष्ट्र को लागी महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आएको जानकारी समेत गराए ।

नेपाली ले पछिल्लो समयमा नेपालमा घटिरहेका धार्मिक घटना प्रति आपत्ति जनाउदै भाइ भाइलाई आपसमा लडाउने खेल संगै हिन्दु धर्मलाई कम्जोर बनाउने मनसायले धर्म परिवर्तन गराउने कार्य तीब्र भएको बताए ।

धर्मलाई कम्जोर बनाउने जस्तोसुकै प्रयास भएता पनि नेपाल हिन्दु राष्ट थियो,फेरि हिन्दु राष्ट्र हुनेछ यसको प्रमुख आधार भनेको ९०% हिन्दु धर्मावलम्बीले बसो बास गर्दै आएको नेपाल सुन्दर सान्त विशाल,नेपाल केहि अराजक तत्वले नाम निसाना मेटाउन लागेको तर त्यो प्रयास कदापि सफल हुन न दिने सिवसेना नेपाल का सम्पर्क प्रमुख श्री असोक सिंह नेपाली ज्यु ले हम्रा सम्बादाता लाई बताउनु भयो।

सोही क्रममा  सिवसेना प्रमुख श्री उद्दव ठाकरे ले हर सम्वभ त नेपाली हरु लाई सहयोग गरिने बताउनु भयो।हालै नेपाल को घट्नाक्रम को संज्ञा लिदै निन्दनीय बताउदै  हिन्दु मुस्लिम को जो दङ्ग फैलिएको देखियो  यस्मा नेपाल सरकार विफल रहेको बताउदै  राजसाही र हिन्दु राष्ट्र को नाम ले नेपाल चिनिने बताउनु भयो।

सिवसेना नेपाल को २५ औ स्थापना दिवसको अबरसमा सबै लाई धन्यवाद दिदै निरन्तर अगाडी बढ्न र हिन्दु राष्ट्र को लागी सदैव सहयोग र साथ रहने बताउनु भयो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।