घटना

एमालेको अभियानमा २ जना कार्यकर्ताको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा (एमाले) को झुलाघाटदेखि चिवाभञ्ज्याङ्सम्मको अभियानमा दुईजना कार्यकर्ताको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर हिलिहाङ गाउँपालिका–५ बस्ने एमाले पार्टी सदस्य ४८ वर्षीय प्रेम संग्रौला र कान्छा लामा रहेका छन् ।

बिज्ञापन

शनिबार फिदिम सभा सम्पन्न गरि फर्कने क्रममा उक्त नगरपालिका–४ शान्तिपुरमा एमाले कार्यकर्ता चढेको गाडी दुर्घटना हुँदा संग्रौलाको मृत्यु भएको छ ।

त्यस्तै शनिबार नै तेह्रथुम बसन्तपुरमा आयोजना गरिएको सभामा सहभागी हुन गएका लामाको बाटोमै मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको छ ।

यस घटनाबारे एमालेले आधिकारीक धारणा सार्वजनिक गरेको छैन । पार्टीले बेवस्ता गरेको भन्दै संग्रौला परिवारले शव जिम्मा लिन मानेको छैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।