प्रवास

प्रवासी नेपाली संघ भारत आन्द्रा- तेलङ्गना सयुक्त राज्य समितिको १२ औ अधिवेशन सम्पन्न

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रवासी नेपाली संघ भारत आन्द्रा- तेलङ्गना सयुक्त राज्य समितिको १२औ अधिवेशन सम्पन्न भएको छ।
२४/२५ फेब्रुअरीमा सम्पन्न अधिवेशनबाट गोविन्द साउदको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचितगरी सम्पन्न भएको हो

“सुरक्षा,सम्मान र सहभागीताका लागि प्रवास बाट आन्दोलन “
“पुँजी, प्रविधी, सिप र ज्ञान स्वदेश भित्रयाउने हाम्रो अभियान ” भन्ने मुल नाराका साथ सम्पन्न उक्त अधिवेशनको प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष नारायण प्रसाद होमगाई हुनुहुन्थ्यो भने विशिष्ट अतिथि संघका केन्द्रीय सचिव डम्वर रावल रहनु भएको थियो, अन्य अतिथिहरूमा केन्द्रीय सदस्य देवराज खतिवडा, दिपक कुँवर, नारायण शर्मा डाक्टर भण्डारी रहनु भएको थियो, कार्यक्रममा प्रवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो,
अधिवेशन बाट निर्वाचित कार्यसमितिको नामावली यस प्रकार रहेको छ,

बिज्ञापन

१) अध्यक्ष गोविन्द साउद
२) उपाध्यक्ष देविराम बज्गाइ
३) सचीव राजकुमार रायमाझी
४ उपसचिव विष्णु थाप
४) आर्थिक बिभाग निर्प भण्डारी
५) सदस्य थानेश्वर शर्मा
६) सदस्य कलम जनाला
७) सदस्य हर्क बि क
८) सदस्य श्याम थापा
९) सदस्य राम प्रसाद बज्गाइ
१०) सदस्य टेक बहादुर चलाउने
११) सदस्य कपिल टमट्टा
१२) सदस्य माया थापा
१३ सदस्य उज्जाला वि क
१४) सदस्य भजन बेडेला
१६) सदस्य हरि जैशी

प्रवासी नेपाली संघ भारतको
विधानमा नगर समितिका अध्यक्षहरु राज्य समितिको पदेन सदस्य रहने व्यावस्था बमोजिम पुर्वी हैदराबाद ए नगर समिति बाट पदम थापा, पुर्वी हैदराबाद, बि नगर समितिबाट नर बहादुर साउद मध्य हैदराबाद नगर समिति बाट सर्जन जनाला, उत्तर हैदराबाद नगर समिति बाट नर बहादुर बिक,दक्षिण हैदराबाद नगर समिति बाट प्रजा बिक, विजयावाडा नगर समिति बाट पुर्ण उपाध्याय, सिकन्दराबाद नगर समितिबाट ध्वज वि क, राज्य पदेन सदस्यको रूपमा रहनु भएको छ, नवनिर्वाचित कार्यसमिति का सदस्यहरूलाई प्रमुख अतिथिले गोपनियताको सफत ग्रहण गराउनु भएको छ,

स्रोत :केन्द्रीय प्रचार तथा प्रकाशक विभाग
प्रवासी नेपाली संघ भारत

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।