प्रवास

संयुक्त नेपाली महासंघद्वारा एच.आई.भी. संक्रमति बालबालिकालाई सहगोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad


मुम्बई, ९ मार्च । संयुक्त नेपाली महासंघद्वारा एच.आई.भी. संक्रमति बालबालिकालाई सहगोग गरेको छ ।

संयुक्त नेपाली महासंघ मुम्बई महिला विभागले अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा उक्त बालबालिकाहरुलाई विशेष सहयोग गरेको हो ।

बिज्ञापन

मुम्बई मलाड पश्चिमको चिनचोली बन्दर रोडमा रहेको म्भकष्चभ क्यअष्भतथ – ज्यmभ ँयच इचउजबलक ऋजष्मिचभल मा पुगेर महिला प्रमुख जयन्ती रावल र शिक्षा सचिव सीता काफ्लेको नेतृत्वमा विभिन्न प्रकारका फल–फूल, दाल–चामल, पिठो, तेल, नुनको साथै सीनेटरी प्याड दिनुभएको थियो । बालिकाहरुको मनोबल बढाउनका लागि गोरेगाउँ शाखाकी सचिव लक्ष्मी कार्कीले परिचयका साथै अन्ताक्षणी र मार्शल आर्ट्स सिकाउनु भएको थियो ।

कार्यक्रमलाई सफल बनाउन अध्यक्ष धिर ब रावल, महामन्त्री श्विष्णु काफ्ले, उपाध्यक्ष रविचन्द्र भट्टराई, संघठन सचिव युवराज न्यौपाने, पूर्व अध्यक्ष हाल सल्लाहकार भरत रावल, संरक्षक सदस्य– सल्लाहकार श्री काशी पाण्डेय ज्यू, संरक्षक सदस्य – सल्लाहकार श्री नवराज थापा, कार्यकारिणी सदस्यहरू सबीता गैरे, कमला भण्डारी, दुर्गा मरासिनी,गोरेगाउँ शाखा संस्कृतिक सचिव ऋचा भण्डारी, सदस्य ज्योति पाण्डेय, सदस्य पिंकी भट्टराई समाजसेवी– आजीवन सदस्य प्रेम प्रधान, रेनु पन्थको सहभागिता रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।