तेश्रो पटक पनि चुनाव जितिन हेमा मालिनीले

मुम्बई । बलिउड अभिनेत्री हेमा मालिनी भारतको उत्तरप्रदेश स्थित मथुरा क्षेत्रबाट लोकसभा चुनावमा मँगलबार बिजयी भएकी छिन् । अभिनेत्री हेमा मानन्धरले कांग्रेसका मुकेश धनगरलाई लाखौं मतान्तरले पराजित गरेका हुन् । २०२४ को लोकसभा चुनावमा उनको जितले उनका फ्यान र परिवारका सदस्यहरूको अनुहारमा ठूलो मुस्कान ल्याएको छ ।
हेमा मालिनी मथुरा लोकसभा सिटबाट मँगलबार लगातार तेस्रो पटक विजयी भएकी हुन् ।

ह्याट्रिक गरेपछि हेमा मालिनीले मिडियासँग भनिन्,‘तेस्रो पटक जनताको सेवा गर्ने मौका पाएकोमा म धेरै खुसी छु । म जनतालाई धन्यवाद दिन्छु, मैले गरेका सबै काम पूरा गर्ने मौका पाइरहेको छु ।’ उनले अगाडि थपिन्,‘अधुरा छोडेका थिए । म गठबन्धनका कार्यकर्ताहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’
हेमा मालिनीले सन् १९९९ मा आफ्नो राजनीतिक करियर सुरु गरेकी थिइन् । सन २००३ मा उनलाई राष्ट्रपति एपीजे अब्दुल कलाम द्वारा ६ वर्षको कार्यकालको लागि राज्यसभामा मनोनीत गरिएको थियो ।
उनी सन २००४ मा आधिकारिक रूपमा भाजपामा सामेल भइन् । २०१४ को लोकसभा चुनावमा उनले मथुरा सीटबाट आरएलडी नेता जयन्त चौधरीलाई हराएकी थिईन् । त्यसपछि दोश्रो पटक सोही ठाउँबाट २०१९ को लोकसभा चुनावमा भाग लिएकी उनले मथुरा सिटबाट फेरि जितिन् ।
अभिनेत्री इशा देवलले आफ्नी आमा हेमा मालिनीलाई जितको बधाई दिँदै मथुराका जनतालाई धन्यबाद ज्ञापन गरेकी छिन् । आमाको ठुलो मेहनतका कारण तेश्रो पटक पनि मथुराका जनताले आमालाई बिजयी बताएको अभिनेत्री ईशा देओलले बताएकी छिन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
