सुदूरपश्चिम प्रदेश

जोशीपुरमा पालिका अध्यक्ष र वडा अध्यक्षबिच विवाद, डाकियो बैठक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको जोशीपुरमा गाउँपालिका अध्यक्ष र वडाअध्यक्षबिच विवाद भएको छ।

पालिका अध्यक्ष चित्रबहादुर चौधरी र वडा नम्बर ४ का वडाअध्यक्ष रामजनम चौधरीबिच बजेटको विषयमा विवाद भएको हो। वडाध्यक्ष रामजनम चौधरीले गाउँपालिकाको बजेटमा पालिका अध्यक्षले एकलौटी गरेको आरोप लगाएका छन्। उनले गाउँपालिकाको बजेट जनतामुखि नभएर कर्मचारीमुखि योजना बनाएको बताए। उनले भने, ‘म कार्यपालिका सदस्य पनि हो। भौतिक पूर्वाधार विकास समितिको संयोजक पनि हो।

बिज्ञापन

तर कुनै अधिकार छैन।’ योजना छनौटमा पालिका अध्यक्षले मनोमानी गरेको उनको आरोप छ। वडाध्यक्ष चौधरीले गाउँपालिका अध्यक्षको स्वेच्छाचारिता बढेको भन्दै बुधबारदेखि कर्मचारीहरूलाई हाजिरी गर्नबाट रोक लगाएका छन्। वडाध्यक्ष चौधरीले वडामा ४४ लाखमात्र बजेट सिलिङ आएको र वडा नम्बर ४ को प्राथमिक स्वास्थ्य इकाइको प्रमुख परिवर्तन गर्दासमेत समन्वय नभएको दाबी गरे।

उता गाउँपालिका अध्यक्ष चौधरीले वडाध्यक्षले बेकारको आरोप लगाएको दाबी गरे। उनले अहिले आएर विवाद गर्नुको कुनै अर्थ नभएको बताए। पालिका अध्यक्ष चौधरीले अहिले यसै विषमा बैठक आह्वान गरिएको बताए। वडाअध्यक्ष रामजनमले पनि यसै विषयमा बैठक बोलाइएको बताए।

वडाध्यक्ष र गाउँपालिका अध्यक्ष दुबै नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका हुन्। दुबै जनाको विवादले वडा कार्यालयको सेवा प्रभावित बन्न पुगेको छ। वडाध्यक्ष चौधरीलाई गाउँपालिकाको प्रवक्ता तथा पूर्वाधार विकास समितिको संयोजकको पनि जिम्मेवारी तोकिएको थियो। तर पालिका अध्यक्षसँग विवाद बढेपछि उनको सो जिम्मेवारी खोसिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।