राष्ट्रिय समाचार

पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरणमा गृहमन्त्रीको जवाफ- अनुसन्धान अघि बढिसक्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनता समाजवादीका सांसद तथा पूर्वमन्त्री डा. वीरेन्द्र महतोले सदनको रोष्ट्रमबाट आफूले पाँच हजार रुपैयाँ घुस दिएको भनेर दिएको अभिव्यक्तिप्रति सरकार गम्भीर रहेको बताएका छन्।

प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै व्यक्तिगत रूपमा पनि सांसद महतोसँग आफूले कुरा गरिसकेको बताए।

बिज्ञापन

उनले भने, ‘मैले व्यक्तिगत रूपले त्यो कुरा सोधेर त्यो मान्छे चिनाउनको लागि सहयोग गर्न पनि आग्रह गरेको छ। प्रहरीलाई उक्त घटनाको तत्काल छानबिन गर्नको लागि आवश्यक निर्देशन दिइसकेको छ। यो विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ।’

पूर्वमन्त्री महतोले आइतबार सदनमा भनेका थिए, ‘हाम्रो देशमा भ्रष्टाचारले यति ठूलो जरो गाडेको छ। म भूतपूर्व मन्त्री, मैले हिजो शिक्षा मन्त्रालयको सानोठिमीमा पाँच हजार घुस दिएर आएको छु।’

यो विषयमा कांग्रेसका राजेन्द्र केसीले गृहमन्त्री र शिक्षामन्त्रीले सांसदहरूले घुस दिएर आएको भन्ने कुरालाई नजरअन्दाज गर्न नहुने उनको बताएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।