अनौठो

महिला यात्रुको कपालमा जुम्रा भेटिएपछि विमानको आकस्मिक अवतरण

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

यसअघि आयरल्याण्डमा लोग्नेस्वास्नीको झगडाका कारण उडिरहेको हवाईजहाज डाइभर्ट गरेर आकस्मिक अवतरण गराउनु परेको खबर सार्वजनिक भएको थियो ।

अहिले फेरि अर्को यस्तै घटना भएको छ, जहाँ एकजना महिला यात्रुको टाउकोमा भेटिएको जुम्राले विमानको आकस्मिक अवतरण गराइदिएको छ ।

बिज्ञापन

सोही जहाजमा यात्रुको रुपमा रहेका एथन जुडलसन नामक एक व्यक्तिले आफ्नो टिकटकमा सो घटनाको बारेमा खुलासा गरेका छन् ।

उनका अनुसार अमेरिकाको लस एन्जल्सबाट न्युयोर्कका लागि उडेको विमान अचानक फिनिक्समा आकस्मिक अवतरण भयो ।

त्यसरी जहाज एक्कासी बीच बाटोमै अवतरण भएपछि उनी अचम्ममा परे । किनकि त्यहाँ जहाजमा वा यात्रुहरुमा कुनै समस्या परेको जस्तो आभाष हुँदैनथ्यो ।

तर जब विमान अवतरण भयो तब उनको छेउमै बसेकी एकजना महिला जहाजको ढोकातर्फ दौडिइन् । त्यो देख्दा लाग्थ्यो कि उनी विमानबाट सबैभन्दा पहिले बाहिर निस्किन चाहन्थिन् ।

पछि मात्र यात्रुहरुलाई जानकारी गराइयो कि उक्त आकस्मिक अवतरणको वास्तविक कारण जुम्रा थियो ।

एकजना महिला यात्रुको टाउकोमा जुम्रा देखिएको थियो । त्यो रिपोर्ट चालक दलसम्म पुगेपछि त्यसलाई मेडिकल इमर्जेन्सी ठानेर जहाजको आकस्मिक अवतरण गरियो ।

दुईजना युवतीहरुले एक महिलाको टाउकोमा जुम्रा हिंडिरहेको जानकारी विमानका कर्मचारीले गराएका थिए ।

करिब १२ घण्टासम्म फिनिक्समा जहाज रोकियो र त्यसपछि मात्रै गन्तव्य तर्फ उडेको थियो ।

टाउकोमा जुम्रा भेटिएकी महिला यात्रुको पहिचान भने गोप्य राखिएको छ ।

समाचार अनुसार यो घटना गत जुन महिनामा भएको हो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।