मुम्बईको घाटकोपरमा १६३ निरंकारी भक्तहरूको उत्साहजनक रक्तदान

मुम्बई, २९ जुलाई २०२४ । सद्गुरु माता सुदीक्षा जी महाराजको ‘जीवन महत्वपूर्ण हुन्छ जब यो अरुको लागि
बाँचिन्छ’ भन्ने शिक्षालाई आत्मसात गर्दै सन्त निरंकारी सत्संग भवन, पोदार कम्पाउण्ड, साईनाथ नगर रोड, बाबु गेनु मैदानमा गोलिबार, घाटकोपर (पश्चिम) मा आयोजित रक्तदान शिविरमा १३६ निरंकारी भक्तजनले हर्षोल्लासका साथ रक्तदान गरेका छन्

सन्त निरंकारी मिशनको सामाजिक शाखा सन्त निरंकारी च्यारिटेबल फाउण्डेसनको आयोजनामा आइतबार जुलाई
२८ मा आयोजित यस रक्तदान शिविरमा सन्त निरंकारी रक्तपेढी, विलेपार्लेले रक्त संकलन गरेको थियो ।


स्थानीय विधायक राम कदम जीले यस शिविरमा शिष्टाचार भ्रमण गर्नुभयो र रक्तदान गरेर मानवताको सेवामा योगदान
गरिरहेका निरंकारी मिशनका स्वयंसेवकहरुलाई पनि प्रोत्साहित गर्नुभयो । उक्त अवसरमा आफ्नो भावना व्यक्त गर्दै उनले
मिशनको कामको प्रशंसा गर्दै यस कार्यमा आफूले सक्दो सहयोग गर्ने बताउनु भयो ।

चिसो पानी होस् वा चर्को घाम होस्, सन्त निरंकारी मिशनका सेवादार भक्तहरु मानवताको सेवामा निरन्तर समर्पित
हुन्छन् । रक्तदान गर्नुका साथै सरसफाई अभियान, वृक्षारोपण, निशुल्क आँखा शिविर, निशुल्क स्वास्थ्य परिक्षण शिविर,
प्राकृतिक प्रकोपको समयमा राहत कार्य लगायतका विभिन्न सामाजिक सेवामा सहयोग गर्दै आइरहेका छन् ।

सन्त निरंकारी मण्डलका स्थानीय प्रमुख श्री शिवाजी बर्वेले स्थानीय सेवा दल इकाई र सन्त निरंकारी च्यारिटेबल
फाउण्डेसनका स्वयंसेवकहरुको सहयोगमा उक्त शिविर सफलतापूर्वक सम्पन्न गरेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.