लेख

सर्प, सर्प भित्रका रहस्य, केही भ्रम र बास्तबिकता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सर्प देखेर नडराउने सायदै कमै मानिसहरु छ्न होला। सबै भन्दा डर लाग्ने जनावरहरु मध्य यदि छान्न दियो भने सर्प भनेर अधिकान्स मानिहरुले छान्ने नै छन। यो मनोबैज्ञानिक परिणाम आउनुको पछि बास्तबिकता भन्दा धेरै हाम्रो परिवार, समाज र अघिल्लो पुस्ताको मानिसहरुले बसाइदियको मनोबैज्ञानिक स्थापित धारणा हो। आजको उक्त लेखमा मैले करिब चार बर्स सम्म सर्पको उद्दार गर्दै लियको अनुभव र केही सामाजिक परिघटनामा आधारित रहेर लेख्ने कोसिस गरेको छु।

लोक कल्याणकारी विज्ञापन

आखिर सर्प के हो? हाम्रो समाजले स्थापित गरेको डरलाग्दो परिभाषा भन्दा पर रहेर निस्पक्ष दिमागले सोच्ने हो भने सर्प एक सरिसृप, खुट्टा नभयको घसृने माङ्साहारी प्राणी हो। यो प्रकृतिमा हरेक जिबहरुलाई प्रकृतिले बाच्नको लागि केही न केही हतियार दियको नै हुन्छ, त्यस्तै सर्पमा पनि आहारा प्राप्त गर्नको लागि बिश थैली बनेको छ जुन बीस सबैलाइ बीस नहुन पनि सक्छ अर्थात सबै सर्प सङ्ग बीस थैली नहुन पनि सक्छ। – सर्प सङ्ग किन डराउन्छ्न होला? मलाइ पनि डर लाग्छ। सर्प सङ्गको डरलाइ ophiophobia भनिन्छ। करिब 4 बर्श सम्म अति बिषालु र अबिशालु दुबै प्रकारका सर्पको उद्दार गरेको छु, जसमध्य रातमा निन्द्रा नखोलेकै हुदा पनि, कोहि साथी नहुदा पनि उद्दार गरेको छु। आफू सङ्ग पर्याप्त उद्दार सामाग्री नहुदा पनि सर्प मानिसहरुले मार्न पायका छैनन अर्थात सर्पको उद्दार भयको छ, तर पनि डर लागिरहन्छ जस्तो कि सपनामा पनि कति दिन सर्पले लखेटेको देखेको छु। सर्प सङ्ग डराउनु पहिलो कारण सानै उमेर देखि सर्प मानिसको नजिकै हुने तर सबैले सर्पको आहारा नै मान्छे हो भन्ने कुरा सिकेकोले होला भन्ने लाग्छम । हाम्रै छरछिमेकमा पनि सर्पले टोकेर एकाध मान्छेले ज्यान गुमाउन परेकोले हुन सक्छ।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन

के सबै सर्प बिषालु छन? संसारभरी छरियका करिब 4100 भन्दा बढी सर्पहरु मध्य करिब 20 प्रतिसत प्रजातिका सर्पहरुमात्र बिशालु सर्प रहेको बैज्ञानिक अध्यनले देखाउन्छ। नेपालमा पाइने करिब 90 प्रजातिका सर्पहरु भेटियका छन जसमध्य करिब 20-21 प्रजातिका सर्पहरु मात्र बिषालु रहेका छन अर्थात धेरै सर्पहरु अबिशालु नै छन। बिशालु सर्पको सबै टोकाइ बिशालु नहुन पनि सक्छ अर्थात सबै सर्पले टोक्दा बिष छर्दैनन त्यो त उनिहरुले कतिको असर महसुस गरिरहेका छन त्यसमा भर पर्ने कुरा हो।

बिज्ञापन

– सर्प कसरी चिन्ने? सर्प चिन्न सजिलो नै छ। धेरै जस्तो सर्पहरु यदि बयस्क अबस्थामा छन भने सर्प चिन्न सकिन्छ अर्थात टोकाइको प्रकृतिले पनि चिन्न सकिन्छ तथापी ठाउँ, उमेर र सरिरले रङ्ग फेर्ने कुराले कहिले कस्तो चिन्न अफ्ट्यारो हुन सक्छ।विशेषताको आधारमा चिन्न नसकेको अबस्थामा सर्प कति हानिकारक छ त्यो मापन गर्न सकिँदैन। तरपनी केही बिषालु सर्पका बिशेषताहरु यसप्रकार हुन सक्छन: 1) रातिको समयमा देखिनु 2) टाउको ठूलो र त्रिकोणात्मक हुनु 3) पुच्छर छोटो हुनु 4) अफ्ट्यारो भयको बेला सारिरिक तथा आवाजमा फरक बिशेषता देखाउनु 5) बिषलाई छर्न सक्ने अगाडिको दातहरु एक जोडि देखिनु। -सर्प किन टोक्छन? सबै सर्पहरु माक्साहारी छन। जसमध्य केही ठुला प्रजातिका सर्पहरु जस्तै अजिङ्गरहरु ठुला ढाड भयका जिबजन्तुहरुलाइ आहारको लागि च्यापेर प्रयोग गर्छ्न भने साना प्रजातिका सर्पहरुले किरा, भ्यागुत्ता, छेपारा र कुनै सर्पहरु जस्तै लक्ष्मी नाग, राजगोमन हरुले अरु बिशालु सर्पलाइ आहारको रुपमा प्रयोग गर्छन। मान्छे यो सन्सारमा कुनै पनि जिबको लागि आहारा भने हैन तथापी कहिले काहीँ मानिसलाइ झ्याप्प अफ्ट्यारो अबस्थामा भेट भयको अबस्थामा आफुले जोखिम महसुस गरेर टोकिहाल्न सक्छ।

सर्प दङ्सको कारणले मानिसहरुको कतिको ज्यान गैरहेको हुन सक्छ? सामान्यतया हरेक बर्ष एकिन यति जनालाइ सर्पले टोक्यो र मृत्यु भयो भनेर तथ्यांक त आउदैन तथापी टोकिसकेपछी करिब 1-3% मानिसहरुले ज्यान गुमाउनु परिरहेको हुन्छ। टोकेका सबै मानिसहरुको मृत्यु हुदैन। प्रया जस्तो सर्पको टोकाइ निम्नस्तर भयका पारिवारमा हुने गर्दछ भने त्यो मध्य विभिन्न अन्धबिस्वासका उपचारका विधि अपनाउदा मानिसहरुले मृत्युबरण गरिरहेका हुन्छ्न। – टोकिसकेपछी उपचारको सम्भावना कस्तो रहन्छ? सर्प चिन्न सकेको अबस्थामा कुन सर्पको antivenom प्रयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो तर पनि धेरै जना ब्यक्तिहरु लाई सर्पको बारेमा थाहा नहुने भयकोले तत्कालै अस्पताल गयको अबस्थामा polivalent antivenom प्रयोग गरेर ब्यक्तिलाइ प्रायजस्तो उपचार गरिन्छ। अहिले तराइको प्राय जस्तो सबै सरकारी अस्पतालमा उपचार हुन्छ।

बिज्ञापन

लेखक: लक्ष्मण उपाध्याय त्रिभुवन बिस्वबिध्यालयबाट प्राणी शास्रमा स्नातकोत्तर गर्नु भयको हो। उहाँ विभिन्न प्रजातिका जन्तुहरुको संरक्षण तथ खोज अनुसन्धान गर्नु हुन्छ। बिगत 4 बर्स यता तराइमा हुने सर्पदङ्स, यस्को ब्यबस्थापन र सर्पको उद्दार गर्दै आइरहनु भयको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन