मनोरञ्न

लोक दोहोरी गायन नै मेरो मुलधार हो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सन्जु न्यौपाने लोकदोहोरी क्षेत्रमा स्थापित गायिका हुन् । एकदशक भन्दा अघिदेखि गायन क्षेत्रमा सक्रिय सन्जुले हालसम्म दर्जनौं लोकगीतहरु बजारमा ल्याएर श्रोताको मन जितिसकेकी छिन् । स्याङ्जामा जन्मिएकी सन्जुले स्कुले जीवनबाटै गायन यात्रा सुरु गरेकी हुन् । स्कुलमा हुने विभिन्न सांस्कृति कार्यक्रममा गाउनुका साथै छमछमी नाचेर साथीसंगी र गुरुहरुको मन जित्ने गरेकी उनलाई सबैले ठुली भएपछि कलाकार भन्नु है भन्थे ।

लोक कल्याणकारी विज्ञापन

सो भनाईलाई शिरोपण गर्दै उनी गायनको उडानमा अघि बढी र आज आफ्नो माधुर्य स्वरबाट सांगीतिक आकाश चुम्न सफल भएकी छिन् । सन्जुलाई गायिकाको रुपमा चिनाउने पहिलो गीत ‘उमेर पुगेछ…’ थियो । यो पन्चेबाजा गीतलाई २०७२ सालमा उनले बजारमा ल्याएकी थिईन् । यी गायिकाको त्यसपछि लाहुर, चाँदी कहाँ होला, लामो कपाल जस्ता थुप्रै चर्चित गीतहरु श्रोतामाझ लोकप्रिय छन् । गायनसँगै सन्जुले आफ्ना धेरै म्यूजिक भिडियोमा मोडलिङ पनि गरेकी छन् । मुल विधा गायनमा सक्रिय सन्जुले मोडलको रुपमा पनि परिचय बनाएकी छिन् ।

लोक कल्याणकारी विज्ञापन

गायिका न्यौपानेले सर्वोत्कृष्ट गायिकाको रुपमा ११ औं म्यूजिक खबर म्यूजिक अवार्ड, सातौं निम अवार्ड, तेस्रो ओएस नेपाल म्यूजिक अवार्ड, औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड लगायतमा विभिन्न अवार्ड चुमिसकेकी छिन् । उनी गायनमै विभिन्न सम्मान तथा पुरस्कारबाट पनि विभूषित छिन् ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन