जलवायु

आगामी तीन दिन मनसुनी वायुको प्रभाव कायमै, यी ठाउँमा पानी पर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : देशभर मनसुनी वायु तथा देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

महाशाखाका अनुसार आज  बिहान कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

लोक कल्याणकारी विज्ञापन

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ। 

बिज्ञापन

आइतबार  पनि सबै प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने जनाइएको छ।

सोमबार  कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित सामान्य पानी पर्ने बुलेटिनमा उल्लेख छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन