सुदूरपश्चिम प्रदेश

तीस किलो बढी तौलको अजिङ्गरको उद्धार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर।   बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको आज उद्धार गरिएको छ। कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१ दशमलव पाँच सय ८० किलोग्राम तौलको थियो। उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए। वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिका–५ र ७ मा पर्ने अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताए।

लोक कल्याणकारी विज्ञापन

उनका अनुसार यस प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरहरूलाई समेत आहारा बनाउने गर्दछ। यस्ता अजिङ्गरले सुक्खा जङ्गल, पहाड, खुला घाँसे मैदान र खेतबारीमा बासस्थान बनाउँछ। यस प्रजातिका अजिङ्गरको आयु २० वर्षभन्दा बढी हुन्छ। समुन्द्री सतहदेखि एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइ सम्म यस प्रजातिका अजिङ्गर पाइने गरिन्छ। 

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन