अवर्गीकृत

प्रधानमन्त्री द्वारा कैलालीमा रानी जमरा कुलरिया सिँचाइ तथा जलविद्युत्को उद्घाटन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ प्रधानमन्त्री के पी शर्मा ओलीले मंगलबार कैलाली जिल्लाको लम्किचुहा नगरपालिका-३  चिसापानीमा रहेको  १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना मुहानको अवलोकन गर्दै  र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन   ।
कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम सुरु भएको हो ।


मंगलबार प्रधानमन्त्री ओलीले ४.७१ मेगावाट क्षमताको विद्युतगृहको उद्घाटनसमेत गरेका छन् ।
उद्घाटन कार्यक्रमका लागि प्रधानमन्त्री ओली आज कैलाली पुगेका थिए । प्रधानमन्त्री ओलीले जानकी गाउँपालिका वडा नम्बर ९, कटासेमा निर्मित विद्युत् गृहको उद्घाटन गरे ।

बिज्ञापन


२०६७ साल देखि निर्माण सुरु भएको यस आयोजनाको पहिलो चरणको काम २०७४/७५ मा र दोस्रो चरण २०८१ मा सम्पन्न भएको हो ।
आयोजना सम्पन्न भएसँगै १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । साथै, उत्पादित ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
अद्यावधिक गुरुयोजना अनुसार, २०८२ सालको  मसान्तसम्ममा २९ अर्ब ५९ करोड ७७ लाख रुपियाँ लागत अनुमान गरिएकोमा हालसम्म २० अर्ब ५८ करोड ५६ लाख रुपियाँ बराबरको काम सम्पन्न भइसकेको र  जसमा ७५ प्रतिशत भौतिक प्रगति हासिल भएको आयोजनाले जनाएको छ ।


आयोजनामा कुल नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख र विश्व बैंकको ९ अर्ब ३५ करोड २३ लाख रुपियाँ लगानी रहेको छ ।लम्की शाखातर्फ १४.६५ किलोमिटर मूल नहर निर्माण भइसकेको र शाखा तथा उपशाखा नहरहरूको निर्माणपछि थप ६ हजार हेक्टर जमिनमा सिँचाइ पुगी आयोजनाको कुल सिञ्चित क्षेत्र २० हजार तीन सय हेक्टर पुग्नेछ ।


यो आयोजनाले कैलाली जिल्लाको कृषि विकास र ऊर्जा आपूर्तिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।
आयोजनाको उद्घाटन पछी लाभान्वित कृषक तथा उपभोक्ता खुसी भएका छ्न।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।