राजनीति

दुई वर्षसम्म सरकार फेर्न नपाइने संविधानमै लेखेको छ, राजीनामा दिन्नँ : मुख्यमन्त्री लामा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

संसदीय दलको नेताबाट पराजित भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मुख्मयन्त्री पदबाट राजीनामा नदिने अडान दोहो¥याएका छन्। ‘मैले राजीनामा दिनुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘दलको नेता गुमाएको आधारमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै आधार संविधानमा छैन। म संविधानको भावना र प्रक्रियाअनुसार अगाडि बढ्छु।’

बुधवार प्रदेश सभा सचिवालयमा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका छन्। उनले ३७ जना सांसदमध्ये १४ र बानियाँले २२ मत प्राप्त गर्दा १ मत भने बदर भएको छ। कांग्रेसको विधान अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुनुपर्ने प्रावधान छ। तर, मुख्यमन्त्री लामाले भने आफू दुईवटा पार्टीको गठबन्धनबाट मुख्यमन्त्री बनेकाले अविश्वासको प्रस्ताव पारित नभएसम्म राजीनामा दिनुपर्ने कुनै आधार नभएको दावी गरे।

बिज्ञापन

‘म गठबन्धनबाट मुख्यमन्त्री बनेको हुँ। सहमतीअनुसार मसँग अझै लगभग एक वर्ष मुख्यमन्त्री रहने आधार छ। त्यसअघि दुई वर्षसम्म कुनै पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राख्न पाउने आधार छैन,’ उनले भने, ‘त्यसकारण म मुख्यमन्त्रीबाट राजीनामा दिन्नँ।’

यसअघि मंगलबार दलका २२ सांसदको समर्थनमा लामाविरुद्ध संसदीय दलको नेताको रुपमा अविश्वासको प्रस्ताव पारित भएको थियो । जसमा उनले दलको नेताको हैसियत गुमाएका थिए।

मुख्यमन्त्री लामाले आफूविरुद्धको कदमलाई ‘राजनीतिक चलखेल’को संज्ञा दिँदै प्रदेश सरकार अझै स्थिर रहेको दाबी गरेका छन्। ‘आज मविरुद्ध अविश्वासको प्रस्ताव परेजस्तै मैले पनि अर्कोलाई त्यसै गर्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘यसले प्रदेशमा अस्थिरता मात्रै निम्त्याउँछ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।