राजनीति

एमालेमा विद्यालाई निषेध गर्न खोज्नु राजनीतिमाथिको अंकुश : नेता कर्ण थापा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेभित्रै राजनीतिक सक्रियता रोक्ने प्रयासप्रति आपत्ति जनाएका छन्। बुधबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता थापाले राजनीतिक विचार, अभिव्यक्तिमा लगाइने कुनै पनि प्रतिबन्ध लोकतान्त्रिक मूल्यको ठाडो उल्लंघन भएको बताए।

थापाले भने, ‘नेकपा एमाले भनेको विचारलाई बन्देज लगाउने पार्टी होइन। हामीले मार्गदर्शक सिद्धान्तको रूपमा जबज अपनाएका छौँ भने विचार, अभिव्यक्ति र राजनीतिक स्वतन्त्रताको सम्मान गर्नुपर्छ।’

बिज्ञापन

राजा रहिसकेका ज्ञानेन्द्र शाहलाई समेत नागरिकको हक खोस्न नमिल्ने बताउँदै थापाले भण्डारीजस्ता नेतृलाई निषेध गर्न खोज्नु राजनीतिमाथिको अंकुश भएको बताए।   ‘कुनै पदमा पुगेपछि त्यसको अवधि हुन्छ, त्यसपछि त्यो व्यक्ति आमनागरिक बन्ने हो, राजनीतिक विषयवस्तु अगाडि सार्दैमा कोही पनि डराउनुपर्दैन, न कसैमाथि कारबाही हुन्छ,’ थापाले भने।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।