सरिताले ल्याइन रत्यौली भाका ‘नाच्न दे…’

काठमाडौं । साउन १५ अर्थात् खिर खाने दिनको अवसर पारेर गायिका सरिता भारतीले आफ्नो नयाँ गीत ‘नाच्न दे…’को भिडियो बिहीबार अपराह्न सार्वजनिक गरेकी छिन् । उनी आफैँले गण्डकी प्रदेशबाट लय संकलन गरेर ल्याएको यो गीतको शब्द पनि सरिता स्वयम्ले लेखेकी हुन् ।
गीतमा ओम सुनारको संगीत एवम् संगीत संयोजन रहेको छ । गीतलाई जुगल डंगोलले रेकर्डिङ तथा नरेश बिबिसीले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

रत्यौली भाकामा आधारित यो गीत आफूले यस पटकको तीजलाई लक्षित गरेर बजार ल्याएको पनि गायिका सरिताले राजधानीलाई बताइन् । नेपाली लोक गीतमा अश्लिलता र बिकृति आएको भन्ने टिप्पणी भइरहेको बेला आफूले मौलिक भाकालाई संकलन गरेर दर्शकमाझ ल्याएको पनि उनले जिकिर गरिन् ।
यो गीतको भिडियो नृत्य प्रधान बनाइएको छ । गीतको भिडियोको निर्देशन एवम् कोरियोग्राफी कृष्ण रसालले गरेका हुन् । उनीसँगै गीतको भिडियोमा शीर्ष भूमिका पनि सरिता आफैँले निर्वाह गरेकी छिन् । गीतको भिडियोमा सोनी कारंजित, सृजना श्रेष्ठ, करुणा श्रेष्ठ, श्वेता श्रेष्ठ काफ्ले, निशा थापा बस्नेत, अविरा रिसालसहित विभिन्न कलाकारहरूको अभिनय रहेको छ ।
मच्छेगाउँको आश्रय होमस्टेमा छायांकन गरिएको यो गीतको भिडियोको छायांकार राजेन्द्र पाण्डे हुन् । भिडियोको सम्पादन पनि पाण्डेकै हो । एसबी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो गीतको भिडियोलाई ‘एसबी क्रियसन नेपाल’ युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
