राष्ट्रिय समाचार

लाइसेन्स अवधि १० वर्ष

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अवधि १० वर्ष हुने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्ष थियो । ऐनको संशोधन  गरी लाइसेन्सको अवधि  १० वर्ष बनाइएको छ  ।

ऐन राजपत्रमा प्रकाशित गरी लाइसेन्सको बहाल अवधि १० वर्ष लागू गरिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनको दफा ५४ को उपदफा ३ मा लाइसेन्सको अवधि १० वर्ष  हुने उल्लेख छ । 

बिज्ञापन

यो ऐन लागू नहुँदासम्म ५/५  वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने थियो । अब भने १० वर्षमा  मात्रै नवीकरण गर्नुपर्ने भएको छ । नयाँ कानुनमा सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाईसमेत अनुमति दिने व्यवस्था गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।