अछाममा सर्पको टोकाइबाट १५ वर्षिय किशोरको मृत्यु
लोक कल्याणकारी विज्ञापन

धनगढी,२६ साउन । अछाममा सर्पको टोकाईबाट एक किशोरको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका– १ का १५ वर्षिय कमल शाहीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
पारिवारिक स्रोतका अनुसार दिउँसोको समयमा कमल घर नजिकैको बारीमा घाँस काट्न गएका थिए । सोही क्रममा उनलाई विषालु सर्पले टोकेको थियो । सर्पले टोकेलगत्तै उनलाई
बिज्ञापन

उपचारका लागि लैजाने तयारी गर्दागर्दै उनको अवस्था गम्भीर बन्न पुगेको र केही समयमै मृत्यु भएको स्थानीयले बताईएको छ । मृतक कमल शाही स्थानीय श्री बिन्द्रासैनी माध्यमिक विद्यालयमा कक्षा ९ मा का विद्यार्थी हुन ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
