नागरिक उन्मुक्ति पार्टीमा लालबिर मनगणन्ते अध्यक्षमा सिमित रन्जिता श्रेष्ठ अध्यक्ष कायमै

काठमाडौ नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्षमा नियुक्ति भएका रेशम चौधरीका बुवा लालबिर चौधरी मनगण्न्ते अध्यक्षमा सिमित भएका छ्न।
अध्यक्ष रन्जिता श्रेष्ठलाई हटाउँदै नागरिक उन्मुक्ति पार्टीको एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको भएपनि निर्वाचन आयोगले लालबिर चौधरीको अध्यक्ष बनाउन गरेको भेला अबैधानीन भएको राजनैतिक दलसम्बन्धी ऐन र नागरिक उन्मुक्तिको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष कायम रहेको आयोगले हिजो राति निर्णय गरेको हो। लालबिर चौधरीले आफू अध्यक्ष भएको निर्वाचन आयोगमा निवेदन दिएका थिए।

निर्वाचन आयोगले निर्णय गर्नुभन्दा पहिले लालवीर र रन्जिताला पत्र काटेको थियो। दुवैले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिएका थिए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
