राष्ट्रिय समाचार

गोंगबुको एक घरमा प्रहरीको छापा : करिब ४ करोड नगद र सुन बरामद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रहरीले गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी पोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले गोंगबुको एक घरबाट ठुलो मात्रामा रकमसहित पक्राउ गरेको व्यक्ति स्वयं घरधनी रहेको खुलेको छ ।

लोक कल्याणकारी विज्ञापन

काठमाडौं महानगरपालिका–२६, गोंगबुबाट पक्राउ परेका ७७ वर्षीय विनोदकुमार श्रेष्ठ आफैँ घरधनी रहेको पाइएको उपत्यका प्रहरी कार्यालय रानी पोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनालले बताए।

लोक कल्याणकारी विज्ञापन

भन्सार छलेर ल्याइएका गरगहनाको भण्डारण र त्यसको बिक्रीबाट आएको रकम हुन सक्ने प्रहरीले अनुमान गरेको छ। ती नगद र गरगहना भण्डारण गर्ने व्यक्ति र कारोबारी पहिचान भइनसकेको प्रहरीले जनाएको छ। यद्यपि, प्रहरीले उक्त रकम अवैध रहेको बताएको छ।

बिज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन