घटना

मोटरसाइकल दुर्घटनामा परी हराएका दुईजना युवक मृत भेटिए 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– ६, सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका दुईजनाको शव फेला परेको छ । फेला परेको एउटा शव रोप रेस्क्यु विधिबाट निकाल्ने कार्य भइरहेको छ भने अर्को शव सोही खोलामा स्थानीयले देखेको भनी जानकारी प्राप्त भएको छ ।

भदौ १५ गते रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका– ६, ठाडे बस्ने २४ वर्षीय सुदिीप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ एएए– ३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएकोमा हालसम्म सम्पर्कमा नआएपछि निजका आफन्तले खोजीकार्यको लागि भदौ १७ गते बिहान जिल्ला प्रहरी कार्यालय रसुवामा निवेदन दिएका  थिए ।

बिज्ञापन

निवेदन प्राप्त भएपछि नेपाली सेना श्रीनाथ गण धुन्चेस्थित चेकप्वाइन्टमा जडान भएको सिसिटिभी फुटेजमा सोही दिनको राति करिब १० बजेको समयमा धुन्चेबाट ठाडेतर्फ मोटरसाइकलमा गएको देखिएको थियो ।

सिसिटिभी फुटेजकै आधारमा उनीहरूको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहवीर नगालको कमान्डमा विपत् व्यवस्थापन तालिमप्राप्त सशस्त्र प्रहरी बलसहितको संयुक्त टोली भदौ १७ गते बिहान परिचालन भएको छ ।

घटनाको प्रकृति हेर्दा मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खोलामा खसेर दुर्घटना भएजस्तो देखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।