बैतडीमा बन्चरो प्रहार गरि आफ्नै काकीको हत्या, एक जना पक्राउ
लोक कल्याणकारी विज्ञापन

बैतडीः बैतडीमा एक युवकले बन्चरो प्रहार गरि आफ्नै काकीको हत्या गरेका छन्।
जिल्लाको सिगास गाउँपालिका२ पेडेगोदा बस्ने ३० वर्षीय यज्ञ सिंह धामीले आफ्नै काकी सोही ठाउँ बस्ने ३५ वर्षकी बेलमती धामीलाई घरमा सुति रहेको अवस्थामा घाँटी र मुखमा बन्चरो प्रहार गरी हत्या गरेका छन्। बन्चरो प्रहार गरेपछि बेलमतीको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी गाँजरीले जनाएको छ। प्रहरी चौकी गाँजरी, बैतडीबाट खटिएको प्रहरी टोलीले यज्ञ सिंहलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जनाएको छ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
