राजनीति

अब ओली प्रधानमन्त्रीको कुर्सीमा बस्न मिल्दैन : वर्षमान पुन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनजी आन्दोलनमा भएको हत्या र दमनको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् । ओलीको अहंकार र अधिनायकवादी चरित्रका कारण घटना भएकोले त्यसको सम्पूर्ण जिम्मेवारी उनैको हुने पुनले बताए ।

‘जेनजी पुस्ताको आन्दोलनमा भएको बलप्रयोग र हत्याको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा रहेको नालायक सरकारले लिनुपर्छ,’ पुनले भने।

बिज्ञापन

ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने उनको माग छ । उनले थपे, ‘यो परिस्थितिले उत्पन्न हुनुमा ओलीको अभिनायकवादी, निरंकुश र स्वेच्छाचारी प्रवृत्ति जिम्मेवार छ । घटनाले ओलीको असली चरित्र उदांगो पारेको छ । पदमा बस्ने नैतिकता गुमाएकाले उनले तत्काल राजीनामा दिनुपर्छ ।’

पुनले जेनजी पुस्ताले उठाएका जायज मागको समर्थन गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध आजै हटाउन पनि सरकारसँग माग गरे । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी सामाजिक सञ्जालमा लगाइको बन्देज अस्वीकार्य भएको उनको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।