दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित

२४ भदौ, काठमाडौं । दोस्रो दिनको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रमुख दलका प्रमुख नेतृत्व निवास लक्षित गरेका छन् ।
प्रशासनले बिहानैदेखि कर्फ्यु आदेश जारी गरेपनि प्रदर्शनकारीले अवज्ञा गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास अघि प्रदर्शन भएको छ ।

देउवा निवास बुढानीलकण्ठस्थित देउवा चोकमा र प्रचण्ड निवास खुमलटारमा प्रदर्शन गरेका छन् । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ निवास सुनाकोठीमा पनि प्रदर्शन भइरहेको छ ।
प्रचण्ड निवासमा मुंगामुढा नै भएको छ भने मन्त्री गुरुङको निवासमा आगजनी नै भएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
