राष्ट्रिय समाचार

अन्तरिम सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल उत्रिए एक्सनमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ, अन्तरिम सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल एक्सनमा उत्रिएका छन । अर्यालले के पी शर्मा ओली,शेर बहादुर देउवा,आरजु राण देउवा,रमेश लेखक र दिपक खड्का लगाएतका नेताहरु मुछिएको भ्रष्टाचारको फाइल खोल्न निर्देशन दिएका छन । उनको यो निर्देशन पछि एमाले काग्रेसमा हलचल नै मच्चिएको छ । राजनीतिक आवरणमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने र कारवाही गर्ने उनले चेतावनी दिएका छन । एमाले काग्रेसका नेताहरु विभिन्न भ्रष्टाचारमा मुछिएका छन । उनीहरु यसअघि सत्ता र शक्तिको आडमा उम्किएका थिए। नक्कली भुटानी शरणार्थी,गिरीबन्धु,वाइडबडी,ललितानिवास, ओम्नी प्रकरण लगाएतमा काग्रेस एमाले नेताहरु नै मुछिएका छन।यदि निष्पक्ष रुपमा छानविन भएका ओली देखि आरजु सम्म जेल जानसक्ने निश्चित देखिएको छ । यसअघि यी प्रकरणमा छानबिन गर्ने प्रहरी अफिसरहरुको सरुवा हुँदै आएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन