चुनाव घोषणापछि ८ लाख ३७ हजार ९४ मतदाता थपिए
लोक कल्याणकारी विज्ञापन

जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई घोषणा भएको चुनावपछि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन्। निर्वाचन आयोगकाअनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झण्डै साढे ८ लाख मतदाता थपिएका हुन् ।
जसमा पुरूष चार लाख ७३ हजार तीन सय ४५ र महिला ३ लाख ६३ हजार ७ सय ७८ रहेका छन्। अन्य ६१ रहेका छन्।आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार नाै सय १४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार एक सय ८० मतदाता थपिएको आयोगले जनाएको छ।
बिज्ञापन

यसअघि १६ कात्तिकसम्म एक करोड ८१ लाख ६८ हजार दुई सय ३० मतदाता थिए ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
