इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

जेरुसलेम, मङ्सिर २६ गते । इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो ।

प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ।
शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, बालबालिकालाई विद्यालय परिसरमा मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाइनेछ ।”
शिक्षामन्त्री योभ किस्चले भन्नुभयो, “यो नीति ‘इजरायल र विश्वभरको अध्ययन साथै स्वस्थ र सुरक्षित शैक्षिक वातावरणको लागि इजरायली मन्त्रालयको प्रतिबद्धतामा आधारित छ, जसको उद्देश्य विद्यार्थीहरूको फोनको प्रयोगको नकारात्मक प्रभावलाई कम गर्नु हो।”
प्रतिबन्धको कार्यान्वयनसँगै कक्षा कोठामा शैक्षिक कार्यक्रम र अभिभावकसँगको संवादमा सन्तुलित फोनको प्रयोग गर्न सिकाउन, सामाजिक सञ्जालको अत्यधिक प्रयोग ९बालबालिकाद्वारा० रोक्न र उमेरको अनुपयुक्त सामग्रीको जोखिम कम गर्न सकियोस् भन्ने हो ।
अबदेखि तत्कालै पनि विद्यालयहरूले उनीहरूको विद्यालय परिसरमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गर्न सक्दछन् तर सरकारी प्रतिबन्ध फेब्रुअरी २ देखि लागु हुनेछ।
सेप्टेम्बरमा स्कूल वर्ष सुरु भएदेखि नगरपालिकाको निर्णयमार्फत तटीय क्षेत्र तेल अभिभका सबै विद्यालयहरूमा स्मार्टफोनमा प्रतिबन्ध लगाइएको छ।
अष्ट्रेलिया र फ्रान्सलगायत कैयौँ देशले विद्यालयमा मोबाइल फोनमा यस्तो प्रतिबन्ध लगाइसकेका छन् ।
संयुक्त राष्ट्रसङ्घको संस्कृति तथा शिक्षा निकाय युनेस्कोका अनुसार सन् २०२४ को अन्त्यसम्ममा विश्वभरका ४० प्रतिशत शिक्षा प्रणालीमा विद्यालयमा स्मार्टफोनको प्रयोगमा कुनै न कुनै प्रकारको प्रतिबन्ध लगाइएको थियो । यो सन् २०२३ सम्म ३० प्रतिशत मात्र थियो। रासस, एएफपी
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
