राजनीति

ओभरडोज औषधी खाँदा एक वृद्धको ज्यान गयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नियमित सेवन गर्दै आएको डिप्रेसन औषधीको मात्रा ओभरडोज प्रयोग गर्दा रामेछापमा एक वृद्धको ज्यान गएको छ। चिकित्सकले दिएकोभन्दा बढी ओभरडोज औषधी सेवन गर्दा रामेछापको सुनापति गाउँपालिका–१ गुन्सी भदौरेका ६० वर्षीय इन्द्र बहादुर रायको ज्यान गएको हो।

उनलाई केही वर्षअघि देखी डिप्रेसन भई सो रोगका कारण चिकित्सकले दिएको डिप्रेसनको औषधी सेवन गर्दै आएका थिए।उनले नियमित खाँदै आएको उक्त औषधीले आफुलाई नछोएको भन्दै बिहीबार राती आफैँले  डबल डोज प्रयोग गरेका थिए।

बिज्ञापन

औषधी सेवन गरेर सुतेका रायलाई अचानक चक्कर लाग्ने वाकवाकी लाग्ने र बेहोस हुनेजस्ता लक्षण देखिएपछि तत्काल उपचारको लागि शुक्रबार दिउँसो काठमाडाैं  विर अस्पताल लैजाने क्रममा उनको बिच बाटोमा नै ज्यान गएको हो। उनको शव हाल विर अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।