सुदूरपश्चिम प्रदेश

एमाले महाधिवेशनः सुदूरपश्चिमबाट ६ जना नेताहरु पदाधिकारीमा आकांक्षी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ। 

शनिबार सुरु भएर सोमबारसम्म चल्ने महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि १४० बढी प्रतिनिधि चयन भएर काठमाडौँ पुगेका छन् । प्रतिनिधि बाहेक केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसहित केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेतासमेत गरी सुदूरपश्चिमबाट कम्ती पनि २०० जना नेताले नेतृत्व चयन प्रक्रियामा भाग लिने भएका छन् । जसमा आधा दर्जन बढी नेताहरू भने पदाधिकारीका आकांक्षी देखिएका छन् । पदाधिकारीमा आकांक्षा राख्नेमा अहिले केन्द्रीय कमिटीमा रहेका नेताहरू नै छन् ।

बिज्ञापन

केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलेले उपाध्यक्ष पदमा दाबी दाबी गरेका छन्। यद्यपि, उनी अहिलेसम्म आफ्नो दाबीबारे खुलेर बोलिसकेका छैनन् । उनी निकटस्थ स्रोतका अनुसार भट्ट उपाध्यक्षका आकांक्षी हुन् । ‘पार्टी संकटमा परेका बेला उहाँ नेतृत्वको रक्षाका निम्ति दृढ र इमानदार भएर उभिने नेताहरूको पहिलो पंक्तिमा पर्नुहुन्छ । सचिव र सुदूरपश्चिम इन्चार्ज भएर काम गरिसक्नुुभएको छ,’ उनी निकट एक नेताले भने, ‘त्यसैले अब उपाध्यक्षका रूपमा काम गर्ने चाहना राख्नुभएको छ ।’

भट्टकै अगुवाइमा शंखमुलमा बुुधबार सुदूरपश्चिमबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने नेताहरूले महाधिवेशन र पदको आकांक्षाबारे छलफल गरेका थिए । 
पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने उपमहासचिवमा दाबी गर्ने सम्भावना रहेको नेताहरू बताउँछन् । भूगोलका नेताहरूसँगको छलफलमा पनि थापा र उनी पक्षीय नेताले उनलाई उपमहासचिवको उम्मेदवारका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

थापा स्वयंले समेत आफ्नो पदाधिकारीमा दाबी भएको बताए । उपमहासचिव वा सचिवमध्ये जुनसुकै पदमा भए पनि प्रतिस्पर्धा गर्न तयार रहेको उनी बताउँछन् । भट्ट र थापा बाहेक सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने अन्य नेताहरूले पनि पदाधिकारीमा आकांक्षा राखेका छन् । अहिलेसम्म पाँच जना नेताले खुलेर सचिवमा आफ्नो दाबी रहने बताएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।