धारिलो हतियारले हानेर दाजुले गरे भाइको ह*त्या, आमा गम्भीर घा*इते

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिकामा दाजुले भाइको हत्या गरेका छन् । छोराले आक्रमण गर्दा घाइते भएकी आमा गम्भीर घाइते अवस्थामा भेटिएकी छन् ।
जोगी दह घर भएका युवराज राईले आफ्नै कान्छो भाई ३० वर्षिय धर्मराज राईको हत्या गरेको प्रहरीले जनाएको छ । युवराजले आमा अन्दाजी ५६ वर्षिया रुपमायाको समेत हत्याको प्रयास गरी गम्भीर घाईते बनाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी राजन चपाचागाईका अनुसार अत्याधिक मादकपदार्थ सेवन गर्ने गरेका युवराजले आर्थिक विवादमा भाईको हत्या गरेको र आमाको पनि हत्या प्रयास गरेका हुन । युवराज केही दिनदेखि अस्वभाविक देखिदै आएका थिए ।
राती घरमा आमासँग पैसाको कुरामा विवाद गरी एक्कासी मरनासन्न हुनेगरी कुटपिट गरी टाउकोमा धारिलो हतियारले प्रहार गरेका थिए ।
पछि आमा उपचारमा गएको मौकाछोपी भाइको हत्या गरेका थिए ।
सो घरमाआमा र दुईछोरा गरी तीनजना मात्र सो घरमा बस्दै आएका थिए ।शारीरिक र मानसिक रुपमा केही सुस्त अवस्थाका भाइलाई धारिलो हतियारले ठाउँ ठाउँमा प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताए ।
सो घरमा बेलाबेला झै झगडा भइरहने गरेकाले गाउँलेहरुले त्यति चाँसो नदिएको र मध्येरातको हत्या घटना भएकाले पनि धेरैजसो निदाएकाले थाहा पाएका थिएनन् ।
प्रहरीलाई सुरुमै खबर भएको भएपनि आमा घाइते पारेपछि युवराज लुकेका थिए । हत्या गरि फरार रहेका युवराजको प्रहरीले खोजतलास गरिरहेको भै रहेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
