अवर्गीकृत

देश अवाञ्छित भ्रमको चपेटामा : पूर्वराजा शाह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ

पूर्वराजा ज्ञानेन्द्र शाहले देश अवाञ्छित भ्रमको चपेटामा परेको टिप्पणी गर्दै दुई दशकअघि आफ्नो बहिर्गमन जनचाहना नभएको जिकिर गरेका छन् । ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार झापाको दमकबाट जारी भिडियो सन्देशमा उनले नारायणहिटीबाट आफू बाहिरिएको दुई दशकमा देशमा संकट कायम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘कालान्तरमा कतैबाट उत्पन्न अवाञ्छित भ्रमको चपेटामा देश पर्‍यो । झन्डै दुई दशकअघि शान्ति ल्याउँछौँ, आर्थिक समृद्धितर्फ देशलाई लैजान्छौँ र स्थायित्व दिन्छौँ भनेर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार हामीले श्रीपेच र राजदण्ड जनताको नासो जनताको सुरक्षित संरक्षणमा बुझायौँ र सहयोगी नियतका साथ राजकाज बाहिरिएको सर्वविदितै छ,’ शाहले भनेका छन्, ‘यो दायित्वबाट पलायन वा निषेधित राजनीतिका निम्ति कमजोरीको अनुमोदन थिएन । न त यो भावना आमजनतामै थियो । नारायणहिटी दरबारबाट हामी बाहिरिएको दुई दशक बित्दा पनि देशले सामना गरिरहनुपरेको संकटले हामीलाई चिन्तित तुल्याएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ ।’

बिज्ञापन

पूर्वराजा शाहले अहिलेको संकटको निकास राष्ट्रिय सहमतिबाट खोज्नुपर्नेमा जोड दिएका छन् । ‘स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ, परिचालित व्यक्तिले अर्काको मित खोज्दै हिँड्छ । राष्ट्रिय सहमतिविना निकास खोज्नु समय खेर फाल्नु मात्रै हो । समुन्नतिको यात्रामा सबै मिलेर अघि बढौँ,’ उनले भनेका छन् । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।