योगेशले खोले मुस्ताङबाट कांग्रेसको विजयी खाता

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन्। एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा थकालीले ३ हजार ३ सय ७ मत पाएका छन्।
थकालीको यो समेत प्रतिनिधिसभामा दोश्रो सहभागिता हो। २०७९ मा भएको निर्वाचनमा पनि उनले त्यही क्षेत्रबाट जित हात पारेका थिए। अघिल्लो निर्वाचनमा विजयी हुँदै गर्दा संसदमा पुग्ने उनी सबैभन्दा कान्छो सदस्य थिए।

थकालीका प्रतिश्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले १ हजार ८ सय ६ पाएका छन्। तेश्रो स्थानमा रहेको रास्वपाका अधितीय चन्द्र थकालीले भने ७ सय ५९ मत मात्र पाएका थिए। मुस्ताङमा ६ हजार ३ सय ९७ मत खसेको थियो।
नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनी थासाङ गाउँपालिकाको लेतेका बासिन्दा हुन्। विद्यार्थी समयदेखि नै उनले कांग्रेसको राजनीति गरेका उनले जिल्लाका बासिन्दाको आवश्यकता अनुसार नीतिगत तथा विकासका काममा प्राथमिकता दिने बताए।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
