घटना

धनगढीमा ह्वाट्सएप ह्याक गरी डेढ लाख ठगी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः धनगढीको एरिष्टो माध्यमिक विद्यालयका प्रवन्ध निर्देशक शान्ति अधिकारीको ह्वाट्सएप ह्याक गरेर डेढ लाख ठगी गरिएको छ। अधिकारीका अनुसार अज्ञात व्यक्तिले उनको ह्वाट्सएप ह्याक गरेर तीन जना व्यक्तिबाट पचास हजारका दरले डेढ लाख ठगी गरेको हो।

ह्वाट्सएप ह्याक गरेर ठगले अधिकारीका सयौं साथीलाई एकै पटक अकस्मात पैसाको खाँचो परेको भन्दै पचास लाख पठाउन म्यासेज पठाएको थियो। ह्वाट्सएप म्यासेजलाई सत्य ठानेर तीन जना साथीले ह्याकरले भनेअनुसारको पैसा पठाएको अधिकारीले बताइन्।

बिज्ञापन

उनले ह्वाट्सएपबाट आउने सन्देशमा विश्वास नगर्न आग्रह गरेकी छन्। अहिले भने ह्याक भएको नम्बर नियन्त्रणमा लिइएको उनले बताइन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।