राष्ट्रिय समाचार

त्रिभुवन विमानस्थलमा गृहमन्त्री सुधन गुरुङको छड्के अनुगमन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन्।

बिज्ञापन

सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्किएको बताइएको छ। अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन्।

विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले त्यस्तो गुनासो दोहोरिन नदिन सचेत गराएका छन्। साथै, सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन पनि उनले निर्देशन दिएका छन्।

गृहमन्त्री गुरुङको यस कदमलाई विमानस्थल सेवामा सुधार ल्याउने प्रयासका रूपमा हेरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।