आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

रुपन्देही । घरायसी विवादका क्रममा पेट्रोल छर्किदा आगो लागेर बुबा–छोरी गम्भीर घाइते भएका छन् ।
प्यूठान नगरपालिका–९ पारपाखाका ४५ वर्षिय सानू नेपाली र उनकी १८ वर्षिया छोरी अञ्जली नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार घरायसी झगडाका क्रममा सानू नेपालीले आफ्नै शरीरमा पेट्रोल खनाई आगो लगाउने प्रयास गरेका थिए ।

सोही क्रममा छोरी अञ्जलीले रोक्ने प्रयास गर्दा पेट्रोल खोसाखोस भएको र दुवै जना जलेर घाइते भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
घाइते दुवै जनाको प्रारम्भिक उपचार जिल्ला अस्पतालमा गरिएको र अवस्था गम्भीर रहेकाले थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
