डेमेन्सिया पीडित डा. महतको स्वास्थ्य परिक्षण गर्न विशेष अदालतको अदालतको आदेश

काठमाडौँ । विशेष अदालतले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गरी प्रतिवेदन पेश गर्न वीर अस्पताललाई आदेश दिएको छ ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले डा. महतको स्वास्थ्य अवस्थाबारे वीर अस्पतालको मेडिकल बोर्डबाट जाँच गराई सोको प्रतिवेदन इजलास समक्ष पेश गर्न आदेश दिएको हो ।

डा. महतका विरुद्ध गैरकानूनी लाभ हानी पुर्याइ भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलिरहेको छ । उनकी पत्नी रोशनी महतले डा. महत विगत दुई वर्षदेखि ‘फ्रन्टो टेम्पोरल डिमेन्सिया’ रोगबाट पीडित भई गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्यामा रहेको भन्दै मुद्दा मुलतबी राख्न निवेदन दिएकी थिइन् ।
निवेदनमा डा. महत होस ठेगानमा नरहेको र अदालतमा उपस्थित भई आफ्नो प्रतिरक्षासमेत गर्न नसक्ने अवस्थामा रहेको उल्लेख गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ को प्रावधान बमोजिम सो निवेदन पेश गरिएको थियो ।
अदालतले अब वीर अस्पतालको मेडिकल बोर्डको प्रतिवेदन प्राप्त भएपछि उक्त मुद्दालाई मुलतबी राख्ने वा नराख्ने भन्ने विषयमा निर्णय लिनेछ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
