सुदूरपश्चिम प्रदेश

मुक्तकमैया समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ-मन्त्री चौधरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर । कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीसँग सम्बन्धित समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।

लोक कल्याणकारी विज्ञापन

मुक्तकमैया समाज जिल्ला समिति कञ्चनपुरको आयोजनामा शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित खुला मञ्चमा आज आयोजित जागरणसभामा मन्त्री चौधरीले मुक्तकमैया, हलिया, हरवाचरवा तथा कम्लरी समुदायको अधिकारको लडाइँमा सरकार सँगसँगै अघि बढ्ने स्पष्ट गरिन् ।

लोक कल्याणकारी विज्ञापन

आफू यसै समुदायकी सदस्य भएकाले अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताइन् । ‘तपाईंहरूको समस्या मेरो पनि समस्या हो, त्यसैले अधिकारको लडाइँमा सरकार तपाईंहरूसँगै छ’, उनले भनिन् ।

बिज्ञापन

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृपाराम राना ले मुक्तकमैया, कम्लरी र हलियालगायत आरक्षपीडितहरूको न्यायिक पुनःस्थापनामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन् । उनका अनुसार कतिपयसँग लालपुर्जा भए पनि जग्गा प्रयोगयोग्य छैन भने कतिपयसँग जग्गा भए पनि स्वामित्व कागजपत्र छैन । बाढीपहिरो जोखिमयुक्त क्षेत्रमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने उनले उल्लेख गरिन् ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महतले मुक्तिको घोषणा मात्र पर्याप्त नभई सुरक्षित आवास, पुनःस्थापना र आधारभूत सेवाको सुनिश्चितताका लागि प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् ।

मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले मुक्त घोषणा भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि समस्या समाधान हुन नसकेको गुनासो गरिन् । उनका अनुसार अझै तीन हजारभन्दा बढी मुक्तकमैया परिवार पुनःस्थापनाको पर्खाइमा छन् ।

जागरणसभाका वक्ताहरूले मुक्तकमैया समुदायको दिगो पुनःस्थापना, भूमि व्यवस्थापन, शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच सुनिश्चित गर्न प्रभावकारी नीति र कार्यान्वयन आवश्यक रहेको बताएका थिए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन