राजनीति

सुशासन स्थापनाका लागि सरकारसँग काँधमा काँध मिलाएर हिड्छौँ-सभापति थापा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा नेपाली कांग्रेसको पूर्ण सहयोग रहने बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘ग्रीन टेबल’ कार्यक्रममा बोल्दै सभापति थापाले सुशासनको मागलाई लिएर युवाहरूले भदौ २३ र २४ गते आन्दोलनसमेत गरेको स्मरण गर्दै सुशासन स्थापनाका लागि सरकारले अघि बढाउने सबै वैधानिक कदममा कांग्रेसको शतप्रतिशत साथ रहने स्पष्ट पारे ।

लोक कल्याणकारी विज्ञापन

उनले वर्तमान सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको उल्लेख गर्दै आफू तथा नेपाली कांग्रेसका सबै सदस्यहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने जानकारी दिए ।

बिज्ञापन

केही पूर्वन्यायाधीश तथा विभिन्न राजनीतिक दलका नेताहरूले विवरण नबुझाउने अभिव्यक्ति दिएको प्रसंगमा भने कांग्रेसको कुनै टिप्पणी नरहेको उनको भनाइ थियो ।

सभापति थापाले आयोगले सम्पत्ति छानबिनको प्रक्रिया निरन्तर र निष्पक्ष ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिए । साथै, आयोगले गर्ने कामकारबाहीको स्वच्छता, पारदर्शिता र विश्वसनीयतामाथि कुनै प्रश्न उठ्न नहुने बताउँदै त्यसतर्फ विशेष ध्यान दिन सरकारलाई आग्रह गरे ।

उनले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा कांग्रेस सधैँ उभिने उल्लेख गर्दै कानुनी प्रक्रिया र संवैधानिक व्यवस्था अनुरूप अघि बढाइने सुधारका कार्यक्रमहरूलाई पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन