राजनीति

गगन थापासँग ३१ दिनदेखि संवाद र सम्पर्क छैन : पूर्णबहादुर खड्का

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ । नेपाली पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमप्रति कडा असन्तुष्टि जनाउँदै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै खड्काले पार्टी महामन्त्री गगन कुमार थापासँग विगत एक महिनादेखि कुनै सम्पर्क र संवाद नभएको बताएका छन् ।

बिज्ञापन

पार्टीमा एकता कायम गर्न विगत दुई महिनादेखि आफूले इमानदार प्रयत्न गरे पनि त्यसमा कुनै प्रगति हुन नसकेको खड्काको दाबी छ । उपसभापति खड्काले १५औँ महाधिवेशनका लागि नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यहरूको नामावली अद्यावधिक गर्ने नाममा देशैभरिबाट दबाब दिने काम भइरहेको भन्दै त्यसलाई ‘घातक’ प्रवृत्तिको संज्ञा दिएका छन् ।

‘१५औँ महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरूलाई अद्यावधिक नगरेको निहुँमा कसैलाई महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न सक्दैन,’ खड्काले भनेका छन्, ‘यस्तो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ, म सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

पार्टीभित्र पछिल्लो समय नेताहरूको क्रियाशील सदस्यता केन्द्रले नै स्वतः अद्यावधिक गरिदिन्छ भन्ने हल्ला फैलाइएको भन्दै उनले त्यसको खण्डन गरेका छन् । यस्ता कुराहरू पार्टी पङ्क्तिमा भ्रम फैलाउनका लागि मात्रै चलाइएको अफवाह भएको उनको दाबी छ ।

खड्काले कार्यकर्ताहरूलाई आश्वस्त पार्दै भनेका छन्, ‘सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो, ढुक्क हुनुहोस् ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।