जलवायु

आज र भोलि भारी वर्षाको सम्भावना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँः राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार र बुधबार देशका विभिन्न भू–भागमा मेघ गर्जनसहित भारी वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेशबाहेकका अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा ठुलो वर्षाको सम्भावना रहेको जनाएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यमदेखि ठुलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढी, पहिरो, नदी तथा खोलामा पानीको सतह बढ्ने, कटान तथा डुबानको जोखिम उच्च रहने छ।

बिज्ञापन

यस्तो परिस्थितिमा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । आकस्मिक बाढी आउन सक्ने खोला तथा नदीआसपासका बस्ती, पहिरोको जोखिममा रहेका क्षेत्र तथा खोला किनारका बासिन्दाले अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थान पहिचान गरी तयारी अवस्थामा रहन आग्रह गरिएको छ।

त्यस्तै डुबानको सम्भावना भएका क्षेत्रका नागरिकलाई उच्च तथा सुरक्षित स्थानमा सर्न, परिवार र छिमेकीलाई समयमै जानकारी दिन तथा आवश्यक परे सुरक्षित आश्रय स्थलमा जान प्राधिकरणले सुझाव दिएको छ। विपत् प्रतिकार्यका लागि तिनै तहका सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको छ । जोखिमयुक्त राजमार्ग तथा सडकखण्डमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।