घटना

जलेका गणेश नेपालीको उद्धारमा अघि सरे रामेश्वर तामाङ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीलाई उद्धार गरी अस्पताल पुर्‍याउन रामेश्वर तामाङले महत्वपूर्ण भूमिका खेलेका छन्।

प्रत्यक्षदर्शीका अनुसार आगो निभेपछि गम्भीर घाइते अवस्थामा छटपटाइरहेका गणेशलाई अस्पताल लैजान अधिकांश मानिस र तमासा हेर्नेको भीड मौन बनेका बेला टायल कम्पनीमा कार्यरत रामेश्वर आफैँ अघि सरेका थिए। उनले एक प्रहरीको सहयोगमा गणेशलाई मुख्य सडकतर्फ लैजाने प्रयास गरेका थिए। केही दूरी पुगेपछि गणेश ढलेपछि ट्याक्सी रोकेर वीर अस्पताल पुर्‍याइएको थियो।

बिज्ञापन

रामेश्वरले आफ्नो उद्देश्य घाइतेलाई सकेसम्म छिटो अस्पताल पुर्‍याउनु मात्र रहेको बताउँदै तत्काल सवारीसाधन नपाएकाले हिँडाएर मुख्य सडकसम्म लैजान खोजिएको स्पष्ट पारे।

उपचारका क्रममा गणेशको शरीर करिब ६५ प्रतिशत जलेको चिकित्सकले बताएका थिए। थप उपचारका लागि भारत लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था अत्यन्त जटिल बनेपछि सम्भव हुन सकेन। उनको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको थियो।

घटनापछि प्रहरीले आत्मदाहको कारण र घटनाको सम्पूर्ण परिस्थितिबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।