कैलाली

बाढीको जोखिमअघि भजनी–८ काँढाढीकमा डुङ्गा तयारी, सहयोगी निकायप्रति स्थानीयको आभार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । मनसुन सक्रिय भएसँगै कैलालीको भजनी नगरपालिका–८ काँढाढीक क्षेत्रमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धार तथा सुरक्षित आवागमनका लागि डुङ्गाको पूर्वतयारी गरिएको छ।

हरेक वर्ष बाढीको उच्च जोखिममा पर्ने यस क्षेत्रमा वर्षायाम सुरु भएसँगै स्थानीयवासीको सुरक्षालाई प्राथमिकतामा राखेर डुङ्गा तयारी अवस्थामा राखिएको हो। बाढीका बेला आवतजावत अवरुद्ध हुने, बस्ती डुबानमा पर्ने र आकस्मिक उद्धारमा कठिनाइ हुने अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित निकायले समयमै आवश्यक तयारी गरेको स्थानीयले बताएका छन्।

बिज्ञापन

स्थानीयवासीका अनुसार डुङ्गा पूर्वतयारीमा राखिएपछि बाढीका बेला उद्धार तथा राहत वितरण कार्य प्रभावकारी हुने विश्वास बढेको छ। विगतका वर्षमा पनि यस्ता सामग्री समयमै उपलब्ध हुँदा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्न सहज भएको अनुभव स्थानीयले सुनाएका छन्।

स्थानीयले विपद् आउनुअघि नै आवश्यक तयारी गरी सहयोग पुर्‍याउने सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, जनप्रतिनिधि र स्वयंसेवी संस्थाप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले विपद् व्यवस्थापनमा पूर्वतयारीले मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

मनसुनको समयमा नदीको जलसतह बढ्ने सम्भावना रहेकाले सम्बन्धित निकायले स्थानीयलाई सतर्क रहन, मौसम तथा बाढीसम्बन्धी सूचना नियमित रूपमा पालना गर्न र आवश्यक परे सुरक्षित स्थानमा जान पनि आग्रह गरेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।