घटना

जबरजस्ती करणी मुद्दाका फरार प्रतिबादी कञ्चनपुरबाट पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुर: कञ्चनपुरमा जबरजस्ती करणी मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका फरार दोषीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका–४ बगुनका ३९ वर्षीय देबराज भट्टलाई शनिबार दिउँसो आफ्नै घरबाट पक्राउ गरिएको हो। उनलाई अस्थायी प्रहरी बिट दैजीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

बिज्ञापन

जिल्ला अदालत कञ्चनपुरले २०७१ मंसिर २४ गतेको फैसलामा भट्टलाई जबरजस्ती करणी मुद्दामा १ वर्ष १० महिना ५ दिन कैद सजाय सुनाएको थियो।

प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका भट्टलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।