घटना

नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मोरङ, १२ साउन । मोरङको रंगेलीमा एक नाबालिकालाई ललाईफकाई विभिन्न क्याफेमा लगेर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले क्याफे सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार घटना साउन ३ र ४ गते भएको हो। साउन ३ गते बिहान सुनवर्षी नगरपालिकाकी ती नाबालिकालाई सिटी सफारी चालक मोहम्मद अरमानले ललाईफकाई रंगेली–७ स्थित युमी क्याफेमा लगेका थिए। त्यहाँ उनले नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ। त्यसपछि सोही क्याफेका सञ्चालक सुमनकुमार साहले पनि नाबालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यसको भोलिपल्ट साउन ४ गते राति नाबालिकालाई पुनः रंगेलीकै ‘द नाइन्टिज क्याफे’मा लगिएको प्रहरीले जनाएको छ। त्यहाँ करण मण्डल, प्रियान्सु साह र रितिक यादवले पनि उनीमाथि सामूहिक रूपमा जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि पीडित नाबालिकाले प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले पाँचै जना आरोपितलाई पक्राउ गरेको हो।

पक्राउ परेका सबैविरुद्ध जबरजस्ती करणीको कसुरमा म्याद थप गरी अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।