राष्ट्रिय समाचार

सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुनसरी, १२ साउन । जिल्ला प्रशासन कार्यालय सुनसरीले महेन्द्र राजमार्ग तथा आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

लोक कल्याणकारी विज्ञापन

मंगलबार अपराह्न ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

कर्फ्यु अवधिभर सुनसरी जिल्लाअन्तर्गत पर्ने महेन्द्र राजमार्गको तोकिएको चारकिल्लाभित्र तथा इनरुवा बजार क्षेत्रमा कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने व्यवस्था गरिएको छ।

बिज्ञापन

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार कर्फ्यु आदेशको क्षेत्र पूर्वमा पकली चोक, पश्चिममा कोसी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कायम गरिएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।१२ साउन ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन